Carrot Juice

Carrot Juice

health with fruits

health with fruits

Love

Love

Fresh Veggies

Fresh Veggies

I am Healthy

I am Healthy

Friday, June 29, 2018

नमस्कार को सत्यनास

कलेज पढ्दै गरेको भर्खरको ठिटो ! त्यसमाथि पनि एकासी अधिकृतको पोस्टमा नाम निकालेर मा जागिर खाने मेसोमा थिए। कलेज पढ्दा सम्म सबै आफु भन्दा ठुला मान्छे लाग्ने बानि लागेको, त्यसैले होला जो देख्यो त्यसैलाई नामास्कार गर्ने बानि थियो मेरो। मा पनि लागे जागिर खान भनेर घर देखि आफ्नो अफिस (यहा नाम नभनौ) .

जागिरको पहिलो दिन त्यसै मनमा उत्साहा थियो। तर जब बिहान नौ तिस तिर मा अफिस को नजिक पुगे अलिक दराउन थाले। फेरी पनि मन धारो बनाएर गए अफिस र सबैभन्दा पहिले देखाएका एक बुह्दा (लगभग ५२ बर्सका) मानिस निकै सुट बुता लगाएर अफिस आए. मैले सोचे हाकिम यिनै पो हुन् कि अनि रद्काए नमस्कार। उनले पनि मेरो नमस्कार मा खासै चासो नदिएझै गरेर बडो रबाफ का साथ कार्लाया खोले। अनि पो थाहा भयो उनि त पियन पो रहेछन।

अर्को घटना यस्तै आठ वर्ष अघि को हो जुन बेला मा अफिसको कामले नै बाहिर गएको थिए। फर्केर आउदा त एक भद्र महिला मलाई मेरो कार्य कच्च्यामा कुरिर बसेकी रहेछिन अनि मलाई देखिर मुस्कुराइन। त्यतै बेलै हो मेरो बिहेको कुरो पनि चलेको थियो र केटीकी आमा आउने कुरो थियो। मैले पनि सोचे यिनी पक्कै केटीकी आमा हुनु पर्छ। अनि रद्काए नामास्कार। पछि थाहा भयो उनि त इन्टरन गर्न अफिस आएकी रहेछिन।

आमा भन्नुहुन्थ्यो बाबु कसैलाई नमस्कार गर्दैमा आफु सानो भैदैना। त्यसैले मैले उनीहरुलाई नमस्कार गरेको मा कुनै पछुतो छैन। पछुतो त छ केवल ति साथिहरुपर्ती जसले मलाई अझै पनि जिस्क्याउछन पियन लाइ नमस्कार गर्ने अधिकृत भनेर।

आजकाल पनि हाम्रा कार्यालयमा निकै ठुला मान्छेहरु मा भन्दा सानो पोस्टमा छन्। तिनीहरुले पहिला मलाई नमस्कार गर्दैनथे। अनि मा पनि के कम। मैले नै तिनीहरुलाई देख्ने बित्तिकै नमस्कार ठोक्न थाले। अहिले लाज लाग्न थालेछ क्यारे नमस्कार त टन्न खैन्छा। तअर त्यो नमस्कार सत्यनास भएको छ किनकि उनीहरुले नमस्कार गरे बापत बर्समा पाच दस दिन काज आस गरेका हुन्छन तर मैले काम नपरी थोपो काज दिदैन।

हो उनले टेलिफोन गरि रहन्थिन

कुरो आज भन्दा आठाइस वर्ष अघिको हो। मा भरखर त्यस्तै त्रिपन्न बर्सको लक्का जवान थिए। उनि पनि भर्खरकी त्रिसठी भर जातिकी भरखर जवानी मा पाइला चालेकी बुढी भैसी भन्दा पनि राम्री र हाइनाको भन्दा पनि राम्रो स्वर भएकी तथा मच्चार भन्दा धेअरि आयु भएकी अत्यान्ति सुन्दरी थिएन। मैले उनीलाई त्यतै धेरै चिनेको पनि होइन र उनले मलाई चिनेको पनि होइन तर हामीले मायाको चिनो स्वरूप त्यो जमानाको निकै चर्चित र आवस्यकक बस्तु जसको नाम मोबाइल फोन थियो त्यहि साटेर माया लाएका थियौ।

हाम्रो पोखहिको पानि भन्दा पनि पबित्र र यो कथा भन्दा पनि साचो मायामा उसको बाउको फुटेको आखा लाग्यो र हासी खुसि हाम्रो माया टुट्न पुग्यो। कुरो थियो एक दिनको जुन दिन हामि देतिंग गर्न गएका थियौ मसान घात। जहा उसको दुइ बस्रको बाउ पनि मुन्तिएको रहेछ र हामीलाई धेअखो र भन्न लाग्यो अब तिम्निहरुको बिहे गरिदिन्छु। तुरुन्तै र दाइजो पनि दिने कुरा गर्न पो थाल्यो। मैले पनि सबै चेकक जाच नगरी कसरि बिहे गर्नु। मैले त तिम्रो खोरिंडी भन्दा पनि निकै राम्री छोरीलाई छिनेकोंई छैन। उसले पनि भन्यो रो रोग तेरो घर लैजा चिनजान गर्दै गरौला। यति भनदि गर्दा मा झालास्य बिउझ्न पुगे। सपना अधुरु राजयो।

क्या राम्रो रिडी बजार

रिडी तिन जिल्ला गुल्मी, पाल्पा र स्यांग्जाको संगम। पवित्र कालिगण्डकी उत्तरायण बग्ने ठाउ। पबित्र रिशिकेशा र रुरु कन्या को ठाउ। थाउको बिसेसता जति भन्यो त्यति अझै धेरै बढ्दै जान्छा त्यसमाथि पनि यो ठाउ हेर्न पनि उत्तिकै सुन्दर छ। माथि बाट बगेर आएको काली नदीमा पच्चिम बाट आएको रिडी नदि मिसिने ठाउ तल बगर भन्दा अलिक माथि बसेको रिडी बजार। निकै मनमोहक ठाउ छ। अझ त्यस माथि केहि माथि बनेको रिडी जलाबिध्युताले सुनमा सुगन्ध थप्ने काम गरेको छ। मत पटक पटक घुम्न जान्छु रिडी को बजार। तपाई हाल सम्म पनि जानुभएको छैन भने यस्तै माघे सक्रान्ति, बैसाखे सक्रान्ति, औसी वा नया कुनै यस्तै दिन पारेर्रा जानुहोला पुण्य पनि मिल्ने छ र घुम घाम पनि हुनेछ। अनि भएन त पसुपतिको जात्रा सिद्राको ब्यापार।

गुल्मी निकै नेताहरु पैदा गरेको जीला तर आज त्यहकै बिजोग देख्दा लाग्छ असल छोरो जन्माएर मात्र हुदो रहेनछ। नत्र रिडीमा हामीले देख्यौ चन्द्रले बनाएको तिन मुखे पुल। नाम जस्तै रहेछ यो तिन मुखे पुल। जता पायो तयारी कुरा गर्ने लाइ दुइ-जिब्रे भनेको र सुनेकै हो तर यो तिन मुखे चाही खात्रनै हुदो रहेछ। त्यसैले त अहिले सम्म पनि एउटा पनि मुख नधाएर बसेको छ यो तिन मुखे पुल। अनि अर्का कुन नेताले भन्दै थिए रिडी मा बाध बनाएर डुंगा चलाउने र ए. त्यो पनि देखे गुल्मीले पालाली र स्यन्ग्जाली जनताले। भो अब त अति भो कति धेरै लेखम यसले मलाई अप्प्रोवे गर्छ कि गर्दैन थाहा छैन। अझै दुइ वटा यस्तै गुफ लेख्न छ समय अहिलेको छ बजिसकेको छ। साह्दे छ सम्म सक्ने योजना छ।

बर्सादमा बाल-बालिकाको हेरचाहा

बर्सादको मौसम ! पानि धेरै पर्ने, धुलो बाट मुक्ति पाइने मौसम। तर यसो भन्दैमा यो मौसम रोग लाग्न नदिने मौसम भने होइन। झन् यो समयमा अझ बढी साभाधानी अपनाउनु पर्ने हुन्छा। त्यसै माथि चंचल बाल बालिका त्यसै पनि खेल्न र कुद्न मन पराउछन, जे भट्यो त्यही खाने बानि हुन्छ अनि जस्तो पायो त्यस्तो ठाउमा पनि जान्छन। त्यसैले यहाँ केहि कुराको बारेमा बाख्या गरिदैछ जुन तापैहरुलाई पनि काम लाग्न सक्छ।

के के समस्या हुन सक्छन बर्सादमा

१. बर्सादमा सबैभन्दा बढी समस्या देखिने भनेको सुद्ध पिउने पानीको हुन्छ। यो समयमा पानि धेरै पर्ने र पानीका मुहान समेत दुषित हुन सक्ने हुदा पिउने पानि सुद्ध होस् यो कुरा हमेसा ख्याल गर्नु पर्छ। यदि तपाई बच्चाको अबिभाबक हुनुहुन्छ भने तपाई झन् चनाखो हुनु पर्दछ कि बच्चाले दुसित पानि कदापि नखाओस। यसको लागि तपाई समय समयमा बच्चालाई सुद्ध पानि पिलाउनुहोस जसले गर्दा उसले दुसित पानि नापियोस।

२. ढुसी : यो समयमा हावामा पानीको मात्रा रहने हुदा धुसिको प्रकोप पनि हुन्छा। तपाइलाई लाग्नसक्छ कि ढुसी जस्तो चिजले के नै पो गर्ला र। यदि त्यसो हो भने तपाई गलत हुनुहुन्छा। ढुसी आफैमा परजीबी हो र यसले निकै प्रकोप निम्त्यानुना सक्छ। त्यसमाथि धेरै मानिसालाई धुसिको एलर्जी पनि हुन्छा।

३. किरा : यो समयमा किराहरु पनि प्रजनन गरेर प्रस्सस्ता मात्रामा बाहिर देख्न सकिन्छा। तिनि हरुमध्य कतिपय निकै घातक पनि हुन्छन। तिनीहरु बाट आफ्ना नानि बाबुहरुलाई जोगाउने काम तपाई हाम्रै हो।

४. बिसालु जानावर ; यो समयमा धेरै बिसालु जनवार पनि बाहिर घुमेका हुन्छन। जस्तै सर्प, कन्सुत्लो, आदि जसले तोक्दा प्रनाघातक रोग पनि लाग्न सक्छ।

५. अन्य जनवार पनि यो समयमा अलिक बढी मात्रामा बाहिर हुने हुदा ख्याल गर्नु नै उत्तम विकल्प हुन्छा।

आज असार १५ ! के के छन् रहस्य ?

आज असार १५ अर्थात रास्ट्रिय धान दिबस। नेपाल एक कृषि प्रधान देश र यहाका हामि करिब ८० प्रतिसत जनता कृषिमै निर्भर रहेको दिनमा यो दिन एक हिसाबले पर्ब नै हो। असर महिना त्यसै त मानो खाएर मुरी उब्जाउने महिना त्यसैमा पनि १५ असार भनेको सबै काम छोडी खेत बारीमा हुने दिन। भानिन्छ यो महिनामा तारा देखे पनि अनिकाल लाग्छ रे। तर आज समय संगै मौसम पनि बद्लिएको छ र पुर्बी नेपाल लाइ छोद्नेहो भने आधा आधि नेपाल मा पानि परेको छैन र हजारौ बिगाहा जमिन बाजो छ। अहिलेको यो ब्लग भने त्यो बारेमा लेख्दै छैन। यो त केवल असर १५ को महत्व र रहस्य को बारेमा छ।

पिरो खानु कती फाईदाजनक ? जानेर तपाईं अस्चर्यमा पर्नुहुनेछ

पिरो ! सुन्दा त्यती माया लाग्ने शब्द त होइन । सम्झिदा खाउ-खाउ लाग्ने पनि होइन । तर खाने बेलामा पिरो भएन भने स्वाद नै नआउने । अनौठो छ पिरो र मनिसको सम्बन्ध । परा-पुर्ब काल देखिनै जब मनिसले खाना पकाएर खान थाल्यो शायद त्यसै बेलादेखी पिरो पनि खान सुरु गर्‍यो । यहाँ हामी पिरो कहिले देखी खान सुरु गरियो भनेर लेख्न भने गएका होइनौ । यहाँ पिरोका ति फाईदाहरुको बारेमा लेखिदै छ जुन तपाईंहरुलाई थाहा छैन होला शायद ।

त्यसो भए के पिरोका पनि फाईदाहरु छन त ? हो अब पिरोका पारखीहरुलाई खुसीको खबर छ । एउटा अध्ययनले पिरोले खानालाई स्वादिलो मात्र बनाउने नभएर मानिसको स्वास्थ्यमा पनि फाइदा गर्ने देखाएको छ । उक्त अध्ययनका अनुसार यस्ता छन् पिरो खानेकुराका फाइदाहरुः

  • तौल कम गर्छः
  • यदी तपाईं मोटो हुनुहुन्छ भने पिरो खानेकुरा तपाईंको लागि निकै फाइदाजनक हुनसक्छ । किनभने यसले तपाईंको शरीरमा भएको अतिरिक्त तौल घटाउन मद्दत गर्छ । खुर्सानीमा भएको क्यापसाकिन कम्पाउण्डले थर्मोजेनिक प्रभाव शरीरमा गर्दछ जसले तपाईंको खानाले प्रदान गर्ने क्यालोरीभन्दा बढी क्यालोरी नष्ट गर्दछ ।

  • क्यान्सर रोक्छः
  • अध्ययनका अनुसार क्यापसाकिनले केही क्यान्सरका कोषहरुलाई पनि नष्ट गर्दछ । यसको साथै यसले रुघा खोकी नियन्त्रण गर्न मद्दत गर्दछ ।

  • मुटुलाई स्वास्थ राख्छः
  • खुर्सानीले मुटुसम्बन्धि जोखिमलाई पनि नियन्त्रण गर्न मद्दत गर्दछ । यसले शरीरमा रहेको खराब कोलेस्ट्रोललाई नष्ट गर्दछ र हृदयघात र स्ट्रोकको जोखिमलाई न्यूनिकरण गर्दछ । यसले मुटुलाई सुन्निनु पनि दिँदैन ।

  • रक्तचापलाई कम गर्छः
  • अध्ययनले खुर्सानीमा रहेका कम्पाउण्डले रक्तचापलाई गर्ने देखाएको छ । यसले रक्तनलीहरुलाई आराम पनि गराउँदछ ।

  • रिसलाई नियन्त्रण गर्छः
  • पिरो खानेकुराले शरीरमा सेरोटोनिन् हर्मोनको मात्रा बढाउँदछ । यसलाई राम्रो अनुभव दिने हर्मोन पनि भनिन्छ । जसले गर्दा मानिसलाई डिप्रेसन हुनबाट पनि जोगाउँछ ।

    के दाईजोको बारेमा प्रश्न सोध्नु पत्रकारको गल्ती हो ?

    नयाँ सरकार गठन् र दुई तिहाइ बहुमतको स्थिर सरकार ! नेपाली जनताको आसा र भरोसा रहेको सरकार । नेपाली कङ्रेस बाहेक प्राय सबै मुलधारका दलहरुको समर्थन पाएको सरकार । यस्तो सरकार भएको बेलामा आफ्नो क्षमता र समर्थ्यता देखाएर सबै जनताको मन जित्नु पर्ने सरकार । तर यती बेला समाचार को बजार तातेको छ समसँगको आइफोन बोक्ने मन्त्री र दाईजो लिने मन्त्रिहरुको बारेमा र पदको बलमा कार्यक्रमा नै बन्द गराउने मन्त्रिको बारेमा ।

    आजको युग सुचना प्रबिधिको युग । यस्तो युगमा पत्रकारिता बाट मन्त्री बनेका सुचना तथा संचार मन्त्री गोकुल बस्कोटाको चर्चा चुलिएको छ । पहिला त मानानीय मन्त्री ज्यु लाई थाहा भएनछ कि आइफोन समसङले बनाउदैन । भुलबस सम्पत्ती विवरणमा उहाले समसङको स्मार्ट फोन लेख्न खोज्दा हुन सक्छ आइफोन (समसँग) हुन पुगेछ । त्यो त भयो सामान्य गल्ती । न त्यस्ले देशलाई घात गर्छ न त त्यो देखेर समसङले आइफोन माथि आफ्नो कब्जा नै जमाउछ ।

    तर अहिले बजार तातेको बिषय भने अलिक गम्भिर छ । कुरा हो सरकारी मिडियामा लामो समय देखी प्रसारण भै रहेको कार्यक्रम बन्द गरेको हल्ला । हल्ला पनि के भनौ मुलधारका मिडिया ले नै भने पछी पत्याउनै पर्‍यो । किनकी सेतोपटी लेक्छ : दाइजोबारे प्रश्न सोध्दा मन्त्रीले गरिदिए कार्यक्रम नै बन्द हेर्नुहोस् यहाँ : https://setopati.com/politics/161722 लौ अब चुरो कुरो के हो र सिध कुरा भन्ने कार्यक्रम किन बन्द गरएको वा भएको हो कृपया सरकार जवाफ जनता मगिरहेका छन ।

    गुल्मी एअरपोर्ट र नेताहरुको वाक युद्द !

    यो जेठ महिनामा मलमास परेको ! सम्योग पनि कस्तो भने गुल्मी को सदरमुकाम तम्घास नजिकै रहेको सिमिचौरमा बनिरहेको रेसुङा बिमान्स्थल जसको सिलन्यास पनि मलमासमै भएको थियो र परिक्षण उडान पनि मलमास पारेरै गरियो ।

    अर्को सम्योग कस्तो भने मानानीय Pradeep Gyawali ज्यु त्यो बेलामा पनि मन्त्री हुनुहुन्थ्यो । सन्स्क्रिती, प्रयाटन तथा नागरिक उड्द्यन मन्त्री भने अहिले पनि मन्त्री हुनुहुन्छ पररास्ट्र मन्त्री । तर बिषय यो होइन कि किन प्रदिप जि नै मन्त्री भएको बेलामा नै यि काम हरु भए ? अहिले त प्रश्न यो हो कि गुल्मीका प्रभाब्साली नेता द्वय प्रदिप ग्यवली र चन्द्र भण्डारी को बारेमा चलेको वाक युदको हो ।

    यही जेठ २५ मा तारा एयरको सानो बिमान ले धुलो उडाउदै सिमिचौरको त्यो सानो निर्माणधिन बिमानस्थलमा के परीक्षण उडान गरेको थियो , यत्रो १२ बर्ष सम्म पुरा हुन नसकेको र हाल सम्म पनि रनवे पिच हुन र कुनै आवश्यक भबन् बन्न नसकेको एरपोर्ट बनाउन नसकेको मा दुबइ नेताहरुले लाज मानेर काम छिट्टो सम्पन्न गर्ने र गराउन सहयोग गर्ने प्रतिबद्दता कही कतै बाट आएन ।

    उल्टा नेता ज्युहरु यो काम मैले गरेको भन्न र प्रचार्बाजी गर्न थालनु भएको सामाजिक सन्जाल बाट थाहा हुन्छ । त्यसले नेताजिउ हरु कृपया तपाईंहरु यो कार्य छिट्टो भन्दा छिट्टो गर्ने र गराउने तिर लाग्नुहोस् । जनता जगुरक भै सकेका छन । काम कस्ले गर्‍यो भनेर कराउन पर्दैन । सबैले सजिलै बुझ्छन ।

    नत्र मैले यो काम गरे भन्ने र धाक मात्र लगएको जनताले कदापी रुचाउदैनन । उदाहरण अगिल्लो चुनाव तपाईं हाम्रो अगाडि छर्लङ छैद छ ।

    [फ्रि सिम] नेपाल टेलिकमको बिद्यार्थी सिम र यसका फाईदाहरु

    नेपाल टेलिकमले बिद्यार्थीहरुलाई लक्षित गर्दै बिद्यार्थी सिम अफर ल्याएको छ । कम्पनिले SEE परिक्षा पछी तुरुन्तै घोषणा गरेको बिद्यार्थी सिम बिभिन्न अप्थ्याराहरु पार गर्दै हाल प्राय नेपाल टेलिकमका सबै कार्यालयहरुमा पाउन सकिन्छ । तर अझै पनि धेरै बिद्यार्थीहरुलाई दुबिधा हुन सक्छ कि त्यो सिम लिन कहाँ जाने ? के-के चाहिन्छ ? कसरी पाउन सकिन्छ र के के फाईदा हरु छन ? सबैलाई सजिलो होस् भनेर ति सबै कुराहरु यहाँ पोस्ट गरिएको छ ।

    सर्बप्रथम त यो सिम प्राप्त गर्न तपाईं बिद्यार्थी हुनु भने अनिबार्य छ र त्यो पनि SEE दिएको वा त्यो भन्दा माथिल्लो कक्ष्यामा अध्ययन गर्दै गरेको हुनु अनिबार्य छ । यदी तपाईं यो क्याटोगरी भित्र पर्नुहुन्छ भने तपाईंले निस्चित प्रैकृया पुराएर बिद्यार्थी सिम निसुल्क प्राप्त गर्न सक्नुहुन्छ ।

    यो सिम कहाँ-कहा पाईन्छ ?

    यो सिम प्राप्त गर्न तपाईंले नेपाल टेलिकमको नजिकको काउन्टरमा(कार्यालय) संपर्क गर्नुहोस् ।

    यो सिम लिन के-के कागजात आवश्यक पर्छ ?

    यदी तपाईं SEE दियर बसेको बिद्यार्थी हो भने :

    १ सिम को दर्ता फरम भर्नु पर्छ । यो फारम नेपाल टेलिकमले निसुल्क दिन्छ । र यो फरम भर्दा एउटा हालसालै खिचेको पास्पोर्ट साइजको फोटो चाहिन्छ ।

    २ त्यसको साथमा बिधालयको आइडी वा SEE प्रबेस्पत्रको फोटोकपी र

    ३ अभिभबक को वा आफ्नै नागरिकताको फोटोकपी ।

    यदी तपाईं माथिल्लो लेभलको बिदार्थी हो भने :

    १ सिम को दर्ता फरम भर्नु पर्छ । यो फारम नेपाल टेलिकमले निसुल्क दिन्छ । र यो फरम भर्दा एउटा हालसालै खिचेको पास्पोर्ट साइजको फोटो चाहिन्छ ।

    २ त्यसको साथमा बिधालयको आइडी

    ३ तपाईंको आफ्नै नागरिकताको फोटोकपी ।

    के छन त यो सिम का बिसेसता ?

    यो सिम तपाईंले निसुल्क पाउन सक्नुहुन्छ अर्थात यसको लागि तपाईंले कुनै सुल्क तिर्नु पर्दैन । त्यसको माथि तपाईंले निम्न फाईदाहरु लिन सक्नुहुन्छ :

    सुरुमा : ६० एम बि डाटा ४० मिनेट भ्वाइस र २० वटा एस् एम एस् निसुल्क पठाउन पाउनुहुन्छ ।

    पछी ६ महिनासम्म प्रती महिना : ६० एम बि डाटा ४० मिनेट भ्वाइस र २० वटा एस् एम एस् निसुल्क पठाउन पाउनुहुन्छ ।

    साथै : रु ५० वा त्यो भन्दा माथिको रिचार्जमा ५० एम बि डाटा र १० मिनेट भ्वाइस बोनस एक बर्षसम्म प्रतेक पतको रेचार्जमा पाउन सक्नुहुन्छ ।

    यो सिम कहिले सम्म पाईन्छ ?

    यो सिम २०७५ श्रवान २ गते सम्म पाईन्छ ।

    घरबाटै बिल तिर्ने बानी बसालौं ! प्रविधिको प्रयोग गरी समयको बचत गरौं ।

    घरवाटै बिल तिर्ने बानी बसालौं

    प्रविधिको प्रयोग गरी समयको बचत गरौं ।

    नेपाल टेलिकमको ल्यान्डलाईन टेलिफोनको बिल घरबाटै तिर्ने सजिलो तरिका :

    क. टेलिफोन बिल रकम कति छ कसरी थाहा पाउने ?

    संबन्धित टेलिफोन बाट १४१५ मा फोन गरेर सजीलै क्रेडिट लिमिट जान्नुहोस । अथवा,

    आफ्नो मोवाईलको म्यसेज बक्स मा गई CB*Phone No. जस्तैः CB*075520058 टाईप गरी १४१५ माा म्यासेज गर्नुहोस र SMS बाटै बिल तुरुन्तै प्राप्त गर्नुहोस ।

    ख. अनि बिल चांही कसरी तिर्ने ?

    बजारबाट नेपाल टेलिकमले जारी गरेको NT Recharge कार्ड खरीद गर्नुहोस ।

    आफ्नो मोवाईल, ल्यान्डलाईन अथवा सीडीएमए फोनबाट १४१५ डायल गर्नुहोस र प्राप्त निर्देशन अनुसार बिल चुक्ता गर्नुहोस ।

    अथवा Internet को पहुंचमा हुनुहुन्छ, http://webrecharge.ntc.net.np/ मा गई बिल तिर्नुहोस ।

    ग. अन्य कुनै विकल्प पनि छन् की ?

    यदी तपाई { E-sewa, I-Pay, Pay-Bill आदी चलाउनु हुन्छ भने त्यसवाट सजिलै बिल तिर्न सक्नुहुन्छ ।

    नेपाल टेलिकमको बिल बिभिन्न बैंक मार्फत सजिलै तिर्न सकिन्छ । त्यसको लागी आफ्नो बैंकमा सम्पर्क गर्नुहोस ।

    बजारमा M-Pos र E-Sews Point मार्फत सजिलै बिल तिर्न सक्नुहुन्छ, तपाईकै वरीपरीका प्रायजसो कम्प्युटर सेन्टरले फोन तथा ADSL को बिल तिरिदिन्छन् ।

    ३. बिल तिर्दा बढी भएको रकम के हुन्छ ?

    त्यो रकम तपाईको टेलीफोन मै थप Credit Limit को रुपमा जम्मा हुन्छ र अर्को पटकको बिलमा समायोजन हुन्छ ।

    साथै ADSL तथा Postpaid Mobile को बिल पनि माथीको तरीकाबटै तिर्न सक्नुहुन्छ । थप जिज्ञासा वा कुनै समस्या भएमा टे.नं. 075520370 मा सम्मर्क गर्नुहोला ।

    धन्यवाद