
कलेज पढ्दै गरेको भर्खरको ठिटो ! त्यसमाथि पनि एकासी अधिकृतको पोस्टमा नाम निकालेर मा जागिर खाने मेसोमा थिए। कलेज पढ्दा सम्म सबै आफु भन्दा ठुला मान्छे लाग्ने बानि लागेको, त्यसैले होला जो देख्यो त्यसैलाई नामास्कार गर्ने बानि थियो मेरो। मा पनि लागे जागिर खान भनेर घर देखि आफ्नो अफिस (यहा नाम नभनौ) .
जागिरको पहिलो दिन त्यसै मनमा उत्साहा थियो। तर जब बिहान नौ तिस तिर मा अफिस को नजिक पुगे अलिक दराउन थाले। फेरी पनि मन धारो बनाएर गए अफिस र सबैभन्दा पहिले देखाएका एक बुह्दा (लगभग ५२ बर्सका) मानिस निकै सुट बुता लगाएर अफिस आए. मैले सोचे हाकिम यिनै पो हुन् कि अनि रद्काए नमस्कार। उनले पनि मेरो नमस्कार मा खासै चासो नदिएझै गरेर बडो रबाफ का साथ कार्लाया खोले। अनि पो थाहा भयो उनि त पियन पो रहेछन।
अर्को घटना यस्तै आठ वर्ष अघि को हो जुन बेला मा अफिसको कामले नै बाहिर गएको थिए। फर्केर आउदा त एक भद्र महिला मलाई मेरो कार्य कच्च्यामा कुरिर बसेकी रहेछिन अनि मलाई देखिर मुस्कुराइन। त्यतै बेलै हो मेरो बिहेको कुरो पनि चलेको थियो र केटीकी आमा आउने कुरो थियो। मैले पनि सोचे यिनी पक्कै केटीकी आमा हुनु पर्छ। अनि रद्काए नामास्कार। पछि थाहा भयो उनि त इन्टरन गर्न अफिस आएकी रहेछिन।
आमा भन्नुहुन्थ्यो बाबु कसैलाई नमस्कार गर्दैमा आफु सानो भैदैना। त्यसैले मैले उनीहरुलाई नमस्कार गरेको मा कुनै पछुतो छैन। पछुतो त छ केवल ति साथिहरुपर्ती जसले मलाई अझै पनि जिस्क्याउछन पियन लाइ नमस्कार गर्ने अधिकृत भनेर।
आजकाल पनि हाम्रा कार्यालयमा निकै ठुला मान्छेहरु मा भन्दा सानो पोस्टमा छन्। तिनीहरुले पहिला मलाई नमस्कार गर्दैनथे। अनि मा पनि के कम। मैले नै तिनीहरुलाई देख्ने बित्तिकै नमस्कार ठोक्न थाले। अहिले लाज लाग्न थालेछ क्यारे नमस्कार त टन्न खैन्छा। तअर त्यो नमस्कार सत्यनास भएको छ किनकि उनीहरुले नमस्कार गरे बापत बर्समा पाच दस दिन काज आस गरेका हुन्छन तर मैले काम नपरी थोपो काज दिदैन।












