
नयाँ सरकार गठन् र दुई तिहाइ बहुमतको स्थिर सरकार ! नेपाली जनताको आसा र भरोसा रहेको सरकार । नेपाली कङ्रेस बाहेक प्राय सबै मुलधारका दलहरुको समर्थन पाएको सरकार । यस्तो सरकार भएको बेलामा आफ्नो क्षमता र समर्थ्यता देखाएर सबै जनताको मन जित्नु पर्ने सरकार । तर यती बेला समाचार को बजार तातेको छ समसँगको आइफोन बोक्ने मन्त्री र दाईजो लिने मन्त्रिहरुको बारेमा र पदको बलमा कार्यक्रमा नै बन्द गराउने मन्त्रिको बारेमा ।
आजको युग सुचना प्रबिधिको युग । यस्तो युगमा पत्रकारिता बाट मन्त्री बनेका सुचना तथा संचार मन्त्री गोकुल बस्कोटाको चर्चा चुलिएको छ । पहिला त मानानीय मन्त्री ज्यु लाई थाहा भएनछ कि आइफोन समसङले बनाउदैन । भुलबस सम्पत्ती विवरणमा उहाले समसङको स्मार्ट फोन लेख्न खोज्दा हुन सक्छ आइफोन (समसँग) हुन पुगेछ । त्यो त भयो सामान्य गल्ती । न त्यस्ले देशलाई घात गर्छ न त त्यो देखेर समसङले आइफोन माथि आफ्नो कब्जा नै जमाउछ ।
तर अहिले बजार तातेको बिषय भने अलिक गम्भिर छ । कुरा हो सरकारी मिडियामा लामो समय देखी प्रसारण भै रहेको कार्यक्रम बन्द गरेको हल्ला । हल्ला पनि के भनौ मुलधारका मिडिया ले नै भने पछी पत्याउनै पर्यो । किनकी सेतोपटी लेक्छ : दाइजोबारे प्रश्न सोध्दा मन्त्रीले गरिदिए कार्यक्रम नै बन्द हेर्नुहोस् यहाँ : https://setopati.com/politics/161722 लौ अब चुरो कुरो के हो र सिध कुरा भन्ने कार्यक्रम किन बन्द गरएको वा भएको हो कृपया सरकार जवाफ जनता मगिरहेका छन ।
0 comments:
Post a Comment